भारतको छत्तिसगढस्थित रायगढ जिल्लामा
धार्मिक आस्था तथा अन्धविश्वासका कारण एक ११ वर्षीया बालिकाले आफ्नो जिब्रो
काटेर शिवलिंगमा चढाएकी छिन् ।
घटना धार्मिक आस्थासँग जोडिएको हुनाले
गाउँलेहरुले जिब्रो काटिएकी बालिकालाई उपचारका लागि अस्पताल लैजान समेत
नमानेको सरकारी अधिकारीको भनाई छ । जिल्ला प्रशासनले बालिकाको उपचारका लागि
मन्दिरमै डाक्टर पठाइदिएको छ ।
गत शनिवार शिव मन्दिरमा गएकी शिवभक्त
चमेलीले आफ्नो जिब्रो आफैले काटेर शिवलिंगलाई अर्पण गरेकी थिइन् । जिब्रो
काटेपछि उनी बेहोस भइन् र ढलिन् । छोरी लामो समयसम्म घर नफर्केपछि उनका
बुवाआमाले उनको खोजी गरे र खोज्दै जाँदा मन्दिरमा बेहोस अवस्थामा फेला पारे
।
समाचार अनुसार जिब्रो काटेकी बालिका
मन्दिरमै छिन् र उनी वर्तालुहरुको आकर्षणको केन्द्र बनेकी छिन् । मन्दिरमा
उनलाई हेर्ने र पुज्नेको भिड लागेपछि भिड नियन्त्रणका लागि पुलिस नै खटिएको
छ ।
स्मरण रहोस् उक्त शिव मन्दिरमा यसअघि पनि
तिनजना युवतीहरुले आफ्नो जिब्रो काटेर चढाइसकेका छन् । यसरी काटिएको जिब्रा
उपचार नगरीकनै निको हुने भएकाले त्यसलाई गाउँलेहरुले चमत्कार मान्ने गरेका
छन् ।
No comments:
Post a Comment