क्यालिफोर्निया निवासी नेपाली मुलका व्यवसायी
भक्त थापा, लस एन्जलस काउन्टी स्थित आर्टिजा नगरको ‘प्लानिङ कमिस्नर’मा
नियुक्त भएका छन् ।
नगरको प्लानिङ कमिसन बोर्डको दुई वर्षे कार्यकालका लागि हालै नियुक्ती पाएका ४९ वर्षीय थापा, क्यालिफोर्निया क्षेत्रमै सो पदमा आसिन हुने पहिलो नेपाली आप्रवासी हुन । पाँच सदस्यीय बोर्ड सदस्यहरु रहेको ‘प्लानिङ कमिस्नर’ मा सिटी काउन्सिलले नियुक्त गर्दछ ।
थापाको नियुक्तीलाई सो नगर क्षेत्रमा नेपाली आप्रवासीहरुको प्रतिनिधित्व र उपस्थितीको रुपमा हेरिएको छ । क्यालिफोर्निया क्षेत्रको अग्रणी नेपाली संस्था पशुपति फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका थापा, व्यापार व्यवसायमा संलग्न छन् ।
संखुवासभाको जलजला गाविस जन्मथलो भएका थापा, नेपाल ल क्याम्पसबाट कानुन षियमा उच्चशिक्षा अध्ययन पश्चात अमेरिका आउनु अघि नेपालमा वकालत पेशामा सक्रिय थिए । अमेरिका बसाईको क्रममा नेपाली डायस्पोराका विभिन्न संघ संस्था एवं समाजसेवामा सक्रिय थापाकै नेतृत्वमा क्यालिफोर्नियामा पशुपति एवं बुद्व मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कान्तिपुरसँगको कुराकानीमा थापाले आफ्नो नियुक्तीलाई आर्टिजा नगरसँग नेपाली आप्रवासीहरुको आधिकारिक सम्बन्धनको संज्ञा दिए । ‘नगरमा हाम्रो उपस्थिती र योगदानलाई यसले स्थापित गर्न मद्दत पुर्याउने आशा गरेको छु,’ उनले भने, ‘ अमेरिकी मुलधारमा यसलाई सिक्ने अवसरको रुपमा पनि लिएको छु जसले नगर र हाम्रो समुदायलाई फाईदा पुग्ने मेरो विश्वास छ ।’ थापा, श्रीमती र दुई छोरीका साथ विगत डेढ दशक यता अमेरिकामा बस्दै आएका छन् ।
http://kantipur.ekantipur.com/news/2016-04-25/20160425105918.html

No comments:
Post a Comment